मेरो नाम प्रकाश भट्ट  हो । म अहिले  10 कक्षा मा पढ्छु। म  चाहिँ  मुगु बाट पढ्न भनेर हेटौडा आएको हु। मेरो गाउ बाट विद्यालय धेरै टाढा भएकाले  त्यहाँ राम्रो  पढाई नहुने भएकाले  मैले मेरो गाउँ छोड्नु पर्यो। मलाई मेरोदाईले हेटौडा मकवानपुरको भुटानदेवी माध्यमिक बिद्धालयमा भर्ना गरिदिंनु भयो।भुटानदेवी बिद्धालयमा भर्नागर्नु भन्दा पहिला इन्ट्रान्स परिक्षा दिंनु पर्न रैक्ष। तेइभयर मैले पनि यस विद्यालयमा   इन्ट्रान्स परीक्षा दिए। मैले   त्यस इन्ट्रान्स  परीक्षामा सजिलै पास गरे अनि म कक्षा 8 मा भर्ना भए पहिला त  मलाई डर लागको थयो। बिस्तारै बिस्तारै सरमिसले माया गर्दा,साथी भाइसँग  घुलमिल हुँदा मेरो डर सबै हरायो। अनि म 8 कक्षा बाट 9 कक्षामा जाँदा पाँचौं स्थानमा पुगी सजिलै परीक्षा  पास गरे। फेरी 9 कक्षा बाट 10 कक्षामा जाँदा तेस्रो  भएर  पास गरे ।मलाई मेरो विद्यालयको शिक्षकहरु सारै मन पर्छ। मैले भुटनदेवी जस्तो विद्यालय कहिँ पनि देखेको थिएन। अहिले त मलाई यो  विद्यालय छोडेर कहिँ  जान मन लाग्दैन तेई भएर सबैले आजै देखीभुटनदेवी जस्तो विद्यालयमा  भर्ना  गरौ। यस विद्यालयका सबै शिक्षाकहरुले सबैलाई धेरै माया गर्नु हुन्छ ।यस विद्यालयको पढाई सकेपछि पनि यो विद्यालयको र विद्यालयमा  पढाउने शिक्षक को धेरैमाया लाग्छ अनि  भविष्यमा हाम्रो जीवन सफल  हुन्छ ।