मकवानपुर जिल्लामा दोश्रो विद्यालयको रुपमा २०१६ सालमा स्थापना भएको यस भूटनदेवी मा.वि (प्राविधिक शिक्षालय) जिल्लाको पहिलो प्राविधिक विषय पठन पाठन गराउने एतिहासिक र विश्वसनिय सरकारी एबम् सामुदायिक विद्यालयको रूपमा चिनिन्छ।
स्थापनाकाल देखि इतिहासका विभिन्न कालखण्डमा संरक्षित यस मा.विको बिध्यमान श्रोत लाई विभिन्न समयमा आएका चुनौतिहरुलाई यस क्षेत्रको स्थानिय सरकार, जनप्रितिनिधि, शिक्षाप्रेमि तथा जनसमुदायहरुको सहयोगमा शैक्षणिक क्रियाकलापमा परिचालन भएकोले भविष्यमा यस माध्मिक विद्यालयले स्थानीय समुदायको अपेक्षित आवश्यकता पुरा गरी शैक्षिक केन्द्रको रूपमा विकास गर्ने प्रबल संम्भावना रहेकोछ ।

मध्ये नेपालमा अवस्थित यस माध्यमिक विद्यालयले शैक्षिककाल खण्डहरुमा जिल्लामै ऊत्कृष्ठ नतिजा हासिल गरेको छ । वि.स २०७३ सालदेखि २०७५ सम्मको SEE परिक्षाको नतिजामा जिल्ला प्रथम नतिजा हासिल गरेको गौरव हामिसंग छ।

  • विद्यार्थीहरुको सिकाई उपलब्धि हासिल गर्न हामीले कक्षागत र बिद्यालय बिद्यालय बिच प्रतिश्पर्धा गराइ अतिरिक्त क्रिर्याकलाप गराउने गर्दछौं। यससंगै विद्यार्थीले आफुले किताबमा पढेको कुराहरू प्रयोगात्मक ल्याबमा गएर हेर्न र गर्न पाउदा उनीहरुको पढाइप्रती रुचि बढिरहेको पाइन्छ।
  • समय, समयमा अभिभावक ,शिक्षक तथा कर्मचारी र विद्यार्थी बिच हुने अन्तरकृयाले यस मा. वि को शैक्षिक गुणस्तर लाइ नियाल्दा “भूटनदेवी मावी को त्रिपक्षिय एकता, सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रतिबद्धता” साकार हुदै गएको सत्य समुदायको माझमा छ।

यस माविमा प्रत्येक कक्षाकोठामा सि सि टिभि क्यमराको निगरानी र ब्यवस्थापन समितिबाट प्रभावकारि अनुगमनमा पठनपाठनको ब्यवस्थापन मिलाइएको छ । तसर्थ संम्पुर्ण अभिभावक ज्युहरुमा , राष्ट्रिय लगानी सदुपयोग गर्दै , आ आफ्नो छोराछोरीहरुलाइ यस भूटनदेवी मा.वि (प्राविधिक विद्यालय) मा पढ्न पठाउन सादर अनुरोध गर्दछु ।

फुर्वा दोर्जे लामा
अध्यक्ष
बिद्यालय ब्यवस्थापन समिति