श्री भूटनदेवी उच्च माध्यमिक विद्यालय

पृष्ठभुमि

मध्य नेपालको केन्द्रविन्दुमा शैक्षिक धरोहरको रुपमा रही सधै शिक्षा क्षेत्रमा अभिभावकीय जिम्मेवारी वहन गरी समाजमा रहेको हरेक वर्गको पहुँचमा शिक्षा हुने गरी शिक्षाको उज्यालो घाम छर्न “गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराको साथ वि.स २०१६ बैशाख ०१ गते रुखको फेद वाट शुरु भएको शिक्षा आज यो संरचना सम्म आइपुग्नु महत्वपुर्ण कुरा त छ दै छ यस विद्यालयले २०६६ सालमा ५० आँ} बसन्त पार गरेर यहाँ सम्म आइ पुगेको छ । शिक्षा प्रति बढी चासो भएर नै होला २०१७ साल देखी नै यस विद्यालयलाई निम्न माध्यमिक विद्यालय तहमा अपग्रेट गरिएको र २०२१ सालमा माध्यमिक तह सम्म पु¥याइ २०२२ सालमा पहिलो पल्ट एस.एल.सी परीक्षामा सामेल गराएको देखिन्छ ।

यस विद्यालयको स्थापनामा विभिन्न व्यक्तिहरुको अथक प्रयास भएको र संस्थापक प्र.अ शैलराज रञ्जितकार भएको पाइन्छ । वि.स २०६१ साल देखी उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन प्राप्त गरी कक्षा ११ र १२ मा शिक्षा, मानविकी तथा वाणिज्य संकाय संचालन गरिएको र वि.स २०७० साल देखी कक्षा ९ बाट विद्यालय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सिभिल इन्जिनियरिङको कक्षा संचालन गरी हाल कक्षा १२ सम्म संचालन भइरहेको छ । शैक्षिक सत्र २०७७ साल देखी कक्षा ११ मा विज्ञान र CTEVT को Diploma in Civil Engineering कक्षा संचालन गर्ने तयारीमा रहेको छ ।

ध्येय
श्री भूटनदेवी उच्च माध्यमिक विद्यालय सेवा क्षेत्रका वालवालिकाहरु समाजमा असल नागरिक भएर जिउनका लागि आवश्यक ज्ञान सीप प्रदान गर्ने स्पष्ट दृष्टिकोण रहेको छ । भर्ना भएका सबै विद्यार्थीहरुमा विद्यालय आउने दरमा नियमितता आउने छ । समयतालिकाको अत्याधिक परिपालना हुनेछ । छात्र छात्राहरुलाई व्यवस्थित शौचालय, स्वच्छ पिउने पानी र हात धुने स्थानको व्यव्स्था का साथै विद्यार्थीहरुको रुची अनुसाको रमाइलो खेल खेल्ने र खेलाउने व्यवस्था गरिने छ । विद्यालय हाता भित्र खेल मैदान फुलवारी हुने छ । समुदायको सकारात्मक सहभागीता हुनेछ । विद्यालय व्यवस्थापन सुदृढ बनाइने छ । शैक्षिक साग्री तथा बालकेन्द्रित विधिको समुचित प्रयोग गरिने छ । पुस्तकाल व्यवस्थितका साथै इ–लाइब्रेरी संचालन लाई प्राथमिकता दिइने छ । निमार्ण भएका आचार संहिता पूर्ण रुपमा परिपालना गरिने छ । विद्यार्थीहरुलाई अक्तिरिक्त कृयाकलापको व्यवस्था मिलाइने छ । समय समयमा वालवालिकाहरुको स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्बन्धीत संघ संस्था संग समन्वय गरी संचालन गरीने छ । विद्यालय वि.व्य.स र अभिभावक विच अन्तरकृया गरी राय सुझाव संकलन गरिने छ । विद्यार्थी शिक्षकका लागि शैक्षिक भ्रमणको व्यवस्था मिलाउनुका साथै शिक्षहरुको मनोबल उच्च राख्ने प्रयत्न गरिने छ ।
विद्यालयमा भौतिक पुर्वाधार भएता पनि यो कमजोर रहेकोले यसलाई मजबुत बनाउन आवश्यक कार्यको लागि सम्बन्धित व्यक्ति तथा संस्थाहरु संग सहकार्य गरि पहिलो चरणमा ९ कोठे विद्यालय भवन निमार्ण कार्य सुचारु गरिने छ । आजको युग विज्ञान र प्रविधिको युग भएकोले विद्यालयमा भए गरेको कार्यक्रमहरुको विवरण विद्यालयको वेभसाइट तथा सामाजिक संजाल मार्फत जानकारी गराइने छ । शिक्षा प्राविधिक शिक्षा तर्फ उन्मुख भइरहेको अवस्थामा हामि संग भएको स्रोत साधन परिचालन गरि एस.इ.इ दिएर वसेका विद्यार्थीहरुको लागि विभिन्न किसिमका (३९०) घण्टे सिपमुलक तालिम संचालन गर्ने र विद्यालयमा संचालन भएको प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङलाई प्रभावकारी रुपमा संचालन गर्नुका साथै समयानुसार विषय थप गर्दै लगिने छ । सिटिइभिटिको डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा संचालन गरिने छ ।

उदे्श्य

  • १) विद्यालय र अभिभावक विचको निरन्तर छलफल र संवादबाट यस विद्यालयका विद्यार्थीको सिकाइ उपलव्धीको स्तर उच्च वनाउ“दै लैजाने ।
  • २) यस विद्यालयको सेवा क्षेत्र भित्र बसोबास गर्ने समुदायहरुलाई विद्यालयप्रति सहयोगी र जिम्मेवार बन्न निरन्तर प्रेरणा प्रदान गर्ने ।
  • ३) यस विद्यालयमा आउदा दिनमा अध्ययनरत बालबालिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा प्रविधिको भरपुर प्रयोग गर्दै लैजाने ।
  • ४) विद्यालयका सरोकारवालाहरुलाई निरन्नतर त्रिकोणात्मक समन्यवय गराउने ।
  • ५) विद्यालयमा निमार्ण भैरहेको भौतिक पूवार्धार सम्पन्न गराउने ।
  • ६) अंगे्रजी माध्यमबाट आफ्ना बालबालिका पढाउन चर्को शुल्कको मारमा पर्दै आएका अभिभावकको समस्यालाई कम गराउन कक्षा १ देखी ५ सम्म अंग्रेजी माध्यम र ६ देखी १० सम्म नेपाली अंग्रेजी दुवै माध्ययको कक्षा लाई निरन्तरता दिदै व्यवस्थित गरिदै लगिने छ ।
  • ७) विद्यालय संचालनमा सरल र प्रभावकारी रुपमा संचालन गर्न तहगत संयोजक चयन गरी संयोजकलाई जिम्मेवारी प्रदान गरीने छ ।
  • ८) विद्यालयमा विद्यार्थीहरुलाई अनुशासीत र मर्यादित रुपमा राख्नको लागि विद्यालयको मा.वि शिक्षकको मातहतमा रहने गरी अनुशासन कमिटि निमार्ण गरी जिम्मेवारी प्रदान गरीने छ ।
  • ९) विद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउनको लागि निमार्ण गर्न लागिएको सपिङ कम्प्लेक्स निमार्ण सम्पन्नताको लागि निमार्ण समितीलाई पुर्ण जिम्मेवारीका साथ सहयोग गरी सम्पन्न गराइने छ ।
  • १०) विद्यालयमा संचालन भएको प्राविधिक शिक्षा लाई थप व्यवस्थित गरिने छ ।
  • ११) व्यस्थित पुस्तकालयको साथै इ–लाइब्रेरीको व्यवस्था गरिने छ ।
  • १२) यस विद्यालयको पहलमा स्नातक तहका ऐच्छिक विषय विज्ञान र सिभिल इन्जिनियरिङ विषयको कक्षा संचालनको लागी आवश्यक प्रकृया शुरु गरिने छ ।
  • १३) विद्यालय संचालनको लागी बजट निमार्ण गरी बजेट अनुसार कार्य गरिने छ ।
  • १४) विद्यार्थीहरुमा शैक्षिक गुणस्तर वृद्धिको लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने छ ।
  • १५) अतिरिक्तकक्षाको मासिक रुपमा मुल्याङकन गरी विद्यार्थी तथा अभिभावक दुवैलाई पृष्ठपोषण प्रदान गरीने छ।
  • १६) व्यवस्थित कम्प्यूटर ल्यावको व्यव्स्था गरिने छ।
  • १७) आउदो शैक्षिक सत्र बाट विज्ञान विषय थप गर्न हेटौँडा उपमहानगरपालिका संग समन्वय गरि आवश्यक प्रकृया पुरा गरिने छ ।
  • १८) विद्यालयको प्रयोगमा रहेको साइन्स ल्याव र प्राविधिक ल्याव लाई अझ व्यस्थित वनाइने छ ।
  • १९) भूटनदेवी एल्मुनाइ एशोसिएसन संग समन्वय गरी अतिरिक्त कृयाकलाप तथा शैक्षिक क्षेत्रको लागी आवश्यक सहयोग लिइने छ।
  • २०) विभिन्न संघ संस्था तथा सरकारी निकाय संग समन्वय गरी आवश्यक आर्थिक तथा प्राविधिक सहयोग माग गरिने छ ।
  • २१) एक वर्षमा २२० दिन विद्यालय खुल्ने कुरामा प्रयत्न गरिने छ ।
  • २२) प्रत्येक विषय शिक्षकहरुले दिइएको सुझाव अनुसार कमजोर विद्यार्थीको उपलव्धि स्तर अरु विद्यार्थीहरु सरह बनाउनका लागि थप कक्षा संचालन गरिने छ ।
  • २३) विद्यार्थीको उपलव्धिको सुधारका लागि समयमै उपलव्ध गराइने पृष्ठपोषणका लागि शिक्षकहरुलाई जवाफदेही वनाइने छ ।
  • २४) कक्षा १–३ को वर्षभरिको विद्यार्थीको उपलव्धीको लेखाजोखा निमार्णात्मक र निर्णयात्मक मुल्याङ्कनको योगवाट गरिनेछ । यसलाई शिक्षा विभागको निति अनुरुप क्रमश माथिल्लो कक्षा सम्म लगिने छ ।
  • २५) विद्यार्थी र शिक्षकमा पुरस्कार र दण्डलाई जवाफदेहीता संग सम्बन्धित गराइने छ ।
  • २६) विद्यालयमा संचालन भइ रहेका आर्थिक, प्रशासनीक तथा परीक्षा सम्बन्धी कार्यहरुलाई पूर्ण कम्प्यूटर प्रणालीबाट गरिने छ।
  • २७) विद्यालय निरिक्षक, शिक्षा विकास तथा समन्वय एकाइ, हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखा र व्यवस्थापन समिति बाट प्रभावकारी अनुगमन र सुपरिवेक्षण प्रणालीका साथ शिक्षा नियमावलीको नियमनिष्ठ कार्यान्वयनको सुनिश्चितता हुने छ ।
  • २८) एस.इ.इ दिएर वसेका विद्यार्थीहरुलाई सिटिइभिटि संग समन्वय गरी छोटो अवधिको सिपमुलक तालिम सिकाइने छ ।
  • २९) कक्षा ११ मा भर्नादर वृद्धिको लागि फिडर स्कुलहरु संग समय–समयमा समन्वय तथा सहयोग गर्ने ।
  • ३०) विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन गराइने छ ।
  • ३१) आन्तरिक प्रतिष्पर्धा तथा बाह्य प्रतिष्पर्धा वाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने प्रयत्न गरिने छ ।
  • ३२) व्यवस्थित हल निमार्ण गरि मल्टिमिडिया बाट समय समयमा विद्यार्थीहरुलाई शिक्षाबद्र्धक फिल्म, भिडियो देखाइ सिकाइलाई अझ प्रभावकारी वनाइने छ ।

रणनिति

क) शैक्षिक रणनिति

  • नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने ।
  • प्राथमिक तहमा दिवा खाजाको व्यवस्था गर्ने ।
  • कक्षा शिक्षणमा प्रभावकारी शिक्षण विधिको प्रयोगद्धारा सिकाइ क्रियाकलाप संचालन गर्ने
  • विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान गरी सिकाइ सहजिकरण गर्ने
  • विद्यार्थी विद्यार्थी बिचको सहकार्य बाट सिकाइ गर्ने ।
  • प्रविधिको प्रयोगबाट शिक्षण सिकाई गर्ने ।
  • कक्षा क्रियाकलापमा विद्यार्थीहरुलाई सकृय भूमिका दिएर शिक्षण कार्य गर्ने ।
  • प्रयोगात्मक कार्यबाट शिक्षण सिकाई गर्ने ।
  • विद्यार्थीहरुलाई नियमित विद्यालय आउने वातावरण तयार गर्ने ।

ख) शैक्षिक प्रशासन तथा व्यवस्थापन रणनिति

  • विद्यालयको शैक्षिक प्रशासन चुस्त दुरुस्त राख्ने
  • तनाव रहित शैक्षिक वातावरणको निमार्ण
  • प्रभावकारी कक्षा कोठा व्यवस्थापन
  • शिक्षामा प्रविधिको प्रयोग गर्ने
  • शिक्षक, कर्मचारीको उचित व्यवस्थापन
  • विद्यालको शैक्षिक क्यालेण्डर निमार्ण
  • वि.व्य.स, पिटिए र शिक्षक बिच अन्तरक्रिया
  • समुदायलाई विद्यालयप्रति उत्तरदायि बनाउने
  • विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको प्रवन्ध
  • नयाँ विद्यार्थी भर्नादर बृद्धि गर्ने ।

Academic Education

  1. ECED
  2. 1 to 10 (Nepali and English Medium)
  3. Science Faculty (Class 11–12)
  4. Management Faculty (Class 11–12)
  5. Education Science Faculty (Class 11–12)
  6. Civil Engineering Faculty (Class 9 –12)
  7. CTEVT Diploma in Civil Engineering (After SEE)

भर्ना प्रकिृया

  • कक्षा १ देखी १० सम्मको लागी
  • नेपाल सरकारको प्रावधान अनुसार
  • कक्षा ९ र ११ सिभिल इन्जिनियरिङको लागी
  • प्रवेश परिक्षाबाट ४८ जनाको सिट संख्यामा छनौट भएका बिद्यार्थीहरु भर्ना हुन सक्नेछन् ।
  • सिटिइभिटिको डिप्लोमा सिभिल इन्जिनियरिङको लागी
  • प्रवेश परिक्षाबाट ४८ जनाको सिट संख्यामा छनौट भएका बिद्यार्थीहरु भर्ना हुन सक्नेछन् ।
  • (नयाँ भर्ना हुन आउने विद्यार्थीहरुले जन्म दर्ताको फोटोकपी थान १, पासपोर्ट साइजको फोटो थान २, तल्लो तहको मार्कसिट, चारित्रिक प्रमाण पत्र र स्थानान्तरण पत्र को फोटोकपी थान १ अनिवार्य रुपमा ल्याउनु पर्ने छ । )