गृह पृष्ठ >> Home >> प्रार्चायको सन्देश



प्रार्चायको सन्देश

नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ ।
यस विद्यालयलाई शैक्षिक उद्गम स्थलको रुपमा स्थापित र विकसित गर्न हाम्रा अग्रज वाट विभिन्न किसिमका समस्याहरुको बावजुद पनि विद्यार्थीहरु वाट देखिएको सकृयता र कृयाशिलता पनि त्यतिकै महत्वपूर्ण रहेको पाइन्छ ।यस विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्ने क्रममा २०६० साल देखी उच्च माध्यमिक शिक्षा परिषद्को सम्वन्धन प्राप्त गरी कक्षा १११२ को कक्षा संचालन गर्दै आइरहेको छ । मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा नगरीको वडा नं. ४ स्कुलरोडमा यस भूटनदेवी उच्च माध्यमिक विद्यालय अवस्थित छ । वि.स २०११ सालमा आएको बाढीले मकवानपुर जिल्लाको तत्कालिन सदरमुकाम भिमफेदीमा भएको ठुलो क्षतीको कारण बाट नव निमार्णको रुपमा यस हेटौडामा मानव वस्ती विकास गर्दा शिक्षाको उज्यालो घाम वाट वञ्चित भएको यस हेटौंडामा वि.स २०१६ सालमा यस विद्यालयको स्थापना प्राथमिक विद्यालयको रुपमा ऐतिहासिक भूटनदेवीको नामबाट नामाकरण गरिएको पाइन्छ । शिक्षा प्रति बढी चासो भएर नै होला १०१७ साल देखी नै यस विद्यालयलाई निम्न माध्यमिक विद्यालय तहमा अपग्रेट गरिएको र २०२१ सालमा माध्यमिक तह सम्म पुयाइ २०२२ सालमा पहिलो पल्ट एस.एल.सी परीक्षामा सामेल गराएको देखिन्छ । यस विद्यालयको स्थापनामा विभिन्न व्यक्तिहरुको अथक प्रयास भएको र संस्थापक प्र.अ शैलराज रञ्जितकार भएको पाइन्छ । जिल्लामा विद्यालय संख्या कम भएको र विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकोले विद्यालयमा स्थान अभावको कारणले २०२७ सालमा ३ जना शिक्षक र १ पियन सहित यसै विद्यालयको संचालक समितिको निर्णय अनुसारनै यसै विद्यालयको मातहतमा रहेने गरी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको स्थापना भएको समेत जानकारी गराइन्छ । राजनैतिक र शैक्षिक आन्दोलनको सन्र्दभमा २०३६ र २०४६ साललाई यस विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविधितै छ । त्यसै गरी विद्यालयको रजत जयन्ती २०४० सालमा भव्यरुपमा सम्पन्न गर्न हामी सफल भयौँ । नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ । यस विद्यालयलाई शैक्षिक उद्गम स्थलको रुपमा स्थापित र विकसित गर्न हाम्रा अग्रज वाट विभिन्न किसिमका समस्याहरुको बावजुद पनि विद्यालयलाई लगभग ८.५ विगाहा जग्गाको स्वामित्व दिलाउन सफलता प्राप्त भयो ।  उक्त जग्गा भोगचलनको लागि विद्यार्थीहरु वाट देखिएको सकृयता र कृयाशिलता पनि त्यतिकै महत्वपूर्ण रहेको पाइन्छ । यस विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्ने क्रममा २०६० साल देखी उच्च माध्यमिक शिक्षा परिषद्को सम्वन्धन प्राप्त गरी कक्षा १११२ को कक्षा संचालन गर्दै आइरहेको छ ।
यस विद्यालयको शैक्षिक तथा भौतिक पक्षमा भएको विकासको कुरा गर्दा यस विद्यालयलाई वि.व्य.स, शिक्षक अभिभावक संघ, सक्रिय अभिभावक, शिक्षक तथा प्राचार्यको हैसियतले स्थापनाकाल देखी हाल सम्म नेतृत्व गर्नुहुने आदरणीय व्यक्तित्वहरुलाई बिर्सन होइनकी उहाँहरुको प्रेरणा तथा मार्ग निर्देशनलाई पालना गर्दा अझ विद्यालयको चौतर्फि विकास हुने कुरामा दुइमत छैन । त्यसैगरी विद्यालयको शैक्षिक, भौतिक विकासका लागि आर्थिक तथा नैतिक सहयोग उपलव्ध गराउने संघ संस्थालाई समेत हार्दिक धन्यवाद नदिई रहन सक्दिन । 
शिक्षामा स्वस्थ प्रतिष्पर्धा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०६८ बाट कक्षा १ मा अगे्रजी माध्यमबाट कक्षा सुचारु गरिएको छ यसलाई नियमित कक्षा संगसंगै बढाउदै कक्षा १० सम्मको अंग्रेजी माध्यम बाट पढाइ संचालन गरिने छ । यसका अलावा विद्यालयले शैक्षिक तथा भौतिक पक्षमा पनि उल्लेख्य प्रगतिको क्रममा रहेको छ। जति भयो उत्तीमा नै सन्तोष मान्नु राम्रो होइन, तसर्थ अझ बढि शैक्षिक, भौतिक विकासका लागि अनुशासित र लगनशीत भई अध्ययन गर्न विद्यार्थी भाईबहिनीहरुलाई नियमित अनुगमन , आवश्यक सहयोग तथा सल्लाह उपलव्ध गराउनु हुन म अभिभावक ज्यूहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु । 
यस उच्च माध्यमिक विद्यालयको आर्थिक अवस्था सक्षम बनाउन र मकवानपुर जिल्लाको स्वास्थ्य क्षेत्रमा आवश्यक विकास,मेडिकल कलेज ल्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावका संघ, शिक्षक शिक्षिका, विद्यालय कर्मचारी, राजनैतिक दल, समाजसेवी, वुद्धिजिवी र पत्रकार प्रति धन्यवाद ज्ञापन गर्दछु ।

प्रार्चायको सन्देश

    प्रार्चायको सन्देश

  • नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ ।

    Read more..